newskoseli.Com

रामवृक्ष यादवको २२औं स्मृतिदिवस मनाइयो

तत्कालीन नेकपा (माओवादी) को पूर्ववर्ती पार्टी तत्कालीन नेकपा (एकताकेन्द्र) का पोलिटब्युरो सदस्य रामवृक्ष यादवको हत्या भएको २१ वर्ष पूरा भएका दिन भदौ २ गते देशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी माओवादी घटकहरुले स्मृति दिवस मनाए ।

२०५१ भदौ २ गते धनुषाको बर्मझियामा नेपाली र भारतीय सम्मिलित एक समूहले लोकप्रिय वामपन्थी नेता रामवृक्ष यादको हत्या गरेको थियो । कांग्रेसका स्थानीय नेताको निर्देशन र संलग्नतामा भारतीय ‘गुन्डा’ समेतको परिचालन गरी आफ्ना नेता यादवको हत्या गरिएको आरोप माओवादीले लगाउँदै आएको छ ।

यसै सिलसिलामा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीको जनकपुर ब्युरोले महोत्तरीको बर्दिवासमा एक कार्यक्रमको आयोजना गरी यादवको २२औं स्मृति दिवस मनायो ।

1

पार्टीका पोलिटब्युरो सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज ओमप्रकाश पुनको प्रमुख आतिथ्य, जनकपुर ब्युरो सदस्य तथा मधेशी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष गौरीनारायण मण्डलको अध्यक्षता, सर्लाहीका पार्टी सचिव कुमार पौडेलको सञ्चालन  र महोत्तरीका पार्टी सचिव रुपेश कार्कीको स्वागत मन्तव्यमा कार्यक्रम सपन्न भयो ।

स्मृति सभामा सप्तरीका पार्टी सचिव विष्णु पौडेल र मिथिला स्वायत्त जनपरिषद प्रमुख मोहमद आदम कवाडीले सहिद रामवृक्ष यादवको जीवनीबारे चर्चा गरे । प्रमुख अतिथिको आसनबाट बोल्दै पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले रामवृक्ष यादवलगायतका सहिदहरुले नेपालमा नयाँ जनवादी क्रान्तिका लागि बलिदान गरेको उल्लेख गर्दै वलिदानको उद्देश्य अझै पूरा नभएकाले पार्टी निरन्तर क्रान्तिको बाटोमा अघि बढिरहेको बताए ।

‘हामी आज यहाँ सहिद रामवृक्ष यादवले देखाएको बाटोमा लामबद्ध हुन जम्मा भएका छौं’, नेता पुनले भने– ‘नेपालमा संसदवादी दलालहरुले सहिदहरुको अपमान गरेकाले एक दिन अवश्य पनि उनीहरुको पतन भइछाड्ने छ ।’

2

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रामलखन महतो, सिरहाका पार्टी सचिव लक्ष्मण पौडेल, धनुषाका पार्टी सचिव देवनारायण शाह, जनकपुर ब्युरो सदस्यहरु प्रेमबहादुर राना, रिता मैनाली, अम्मर धमला, सुमन बल, कमल सुस्लिङ, हरिकृष्ण घिमिरेलगायत जनवर्गीय संगठनका केन्द्रीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।

सोही कार्यक्रममा सुकुम्बासीमाथि ‘राज्यको दमन’ का विरुद्ध चन्द माओवादीले आह्वान गरेको साउन १० को नेपाल बन्दका क्रममा गिरफ्तार भई भर्खरै रिहा भएका महोत्तरी जिल्ला पार्टी सचिवालय सदस्य राजन बस्नेतलाई खादा ओढाएर सम्मान गरियो ।

भदौ १ मा धनुषाको मिथिलेश्वर मौवाहीमा धनुषाका सहिद चण्डेश्वर मण्डलको ११औं स्मृति दिवस मनाइएको खबर छ । धनुषा पार्टी जिल्ला सचिव देवनारायण शाहको सञ्चालन, आदम कवाडीको अध्यक्षता र गौरीनारायण मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मिथिला चौहान, सहिद चण्डेश्वरका छोरा अखिलेश्वर मण्डल, बिहारी मण्डललगायतले सम्बोधन गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर