newskoseli.Com

फेरि जन्मियो अर्को कम्युनिस्ट पार्टी !

वर्षामा च्याऊ उम्रे झैं बाह्रैमास कम्युनिस्ट नामधारी पार्टीहरु उम्रँदै र हराउँदै जाने गरेको नेपालमा फेरि अर्को एउटा नयाँ कम्युनिस्ट नामधारी पार्टी जन्मेको छ ।

राजधानीस्थित संवाद डबलीमा शुक्रबार आयोजित कार्यक्रमबीच डीपी जैसी (महेन्द्र) को नेतृत्वमा कम्युनिस्ट केन्द्र नामका पार्टीको घोषणा गरियो ।

आफ्नो पार्टीले सम्पूर्ण कम्युनिस्टहरुलाई एकताबद्ध पार्दै नेपाली जनतालाई अधिकारसम्पन्न गराउने दावी नवघोषित पार्टीका अध्यक्ष जैसीले गरे । आफूलाई नेपालको सच्चा कम्युनिस्ट भनेर दावी गर्नेहरुले नै देशलाई बाँडेर खाने वस्तुका रुपमा  प्रयोग गरेकाले केपी ओली नेतृत्वको सरकारलाई ढालेर प्रचण्ड नेतृत्वको ९ महिने सरकार निर्माण भएको उनले दावी गरे ।

नवगठित पार्टीका प्रवक्ता तप्तबहादुर खत्रीले नेताहरुले पटक–पटक सम्झौतामा आन्दोलन टुंग्याउँदा जनतालाई धोका भएकाले अब आफूहरु जनजीविकाका सवालहरुमा केन्द्रित हुँदै गोलबद्ध हुने बताए ।

प्रा.डा. सुरेन्द्र केसीले भारतले नेपालकै कम्युनिस्टहरुलाई प्रयोग गर्दै नेपाललाई भूटानीकरण गर्न लागेकाले नवगठित यस पार्टीले जुझारु र वस्तुनिष्ठ भई देशको स्वाभिमान बचाउन अगाडि बढ्नुपर्ने सुझावसहित शुभकामना व्यक्त गरे । उनले प्रचण्ड नेृत्वको माओवादीले जनतालाई धोका दिएजस्तो गरी यस पार्टी धोका नदेओस् भन्ने कामना समेत गरे ।

यस पार्टीमा २०५२ मा जनयुद्ध थालनी गर्दाका पूर्वमाओवादी, अयोग्य भनी फिर्ता पठाइएका पूर्वजनमुक्ति सेना, मजदुरलगायतको सहभागिता छ । त्यसैगरी माओवादी कम्युनिस्ट केन्द्र परित्याग गरी नयाँ पार्टी गठन गर्नेहरु यसमा संलग्न छन् । पार्टीको नयाँ केन्द्रीय समिति ७५ सदस्यीय रहेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर