newskoseli.Com

‘न्यु सम्भावना’ मासिक सुरु

झापाको दमकबाट ‘न्यु सम्भावना’ मासिक पत्रिकाको प्रकाशन सुरु गरिएको छ ।

पत्रिकाको स्थानीयवासी गायिका कविता शिवाकोटीले शुक्रबार सार्वजनिक गर्दै गायिका शिवाकोटीले मिडिया सधैँ निष्पक्ष हुनुपर्ने सुझाव दिए।

कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बू, साहित्यकार शिव प्रणतलगायतले पत्रिकाले खोजमूलक र अनुसन्धानमूलक सामग्री प्रदान गर्नुपर्नेमा जोड दिए ।

पत्रिकाका प्रकाशकमा सुवास सुवेदी तथा सम्पादकमा राजकुमार खड्का रहेका छन् । दमकबाट १ साताअघि मात्र ‘उज्ज्वल भविष्य’ साप्ताहिक पत्रिका प्रकाशन सुरु गरिएको थियो ।

दमक नगरपालिकाबाट दैनिक र एफएम ३/३ तथा साप्ताहिक २ पत्रिका प्रकाशन हुने गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर