newskoseli.Com

प्रधानमन्त्री भन्छन्– देशको पक्षमा काम गर्ने चुनौतीपूर्ण अवसर पाएँ

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना लागि मुलुकको पक्षमा केही महत्वपूर्ण काम गर्ने चुनौतीपूर्ण अवसर प्राप्त भएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा शनिबार गएको गोरखाको जौबारीवासीको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा कुरा गर्दै दाहालले मुलुक र जनताका पक्षमा केही न केही गरौं भन्ने सोच अाफूमा रहेको र त्यसलाई पूरा गर्न सबैको साथ तथा सहयोग जरुरी रहेको बताए ।

प्रधानमन्त्री दाहालले भने– “राजनीतिक परिस्थिति एकदमै चुनौतीपूर्ण छ । जनताका आकाङ्क्षा धेरै छन् । म र हाम्रो पार्टीका लागि चुनौतीपूर्ण अवसर प्राप्त भएको छ । यसबाट केही परिणाममुखी काम गर्नेछु भन्ने विश्वास पनि पैदा भएको छ ।”

उनले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण, शान्ति प्रक्रियाका बाँकी काम पूरा गरेर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउनुपर्नेमा जोड दिएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

प्रधानमन्त्रीले गोरखा जिल्ला ऐतिहासिक र परिवर्तनको आन्दोलनका दृष्टिले पनि निकै महत्वपूर्ण भएको भन्दै निश्चल मनले शुभकामना दिएकामा सबैलाई धन्यवाद दिनुभयो । सो अवसरमा गोरखा जौबारीको प्रतिनिधिमण्डलले गोरखा जिल्लाको समग्र विकास र योजनाका बारेमा प्रधानमन्त्री दाहालसँग विभिन्न माग राख्यो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर