newskoseli.Com

मारिए २० तालिवानी विद्राेही

अफगानिस्तानमो कुन्दुज प्रान्तको खान अबाद जिल्लामा अफगान सुरक्षाबलले जारी राखेको कारबाहीमा २० तालिवान मारिएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता हिज्रातुल्लाह अक्बरीले शुक्रबार सो जानकारी दिएका हुन् ।

राजधानी काबुलबाट २ सय ५० किलोमिटर टाढाको कुन्दुज र तखार प्रान्त जोडिने सडक पुनः खुला गर्नका लागि प्रहरीको प्रयास जारी राखेको थियो । खान अबाद जिल्लामा बिहीबारदेखि जारी यस कारबाहीमा २० तालिवान विद्रोही मारिनुका साथै १० घाइते भएका अक्बरीले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

तालिवान विद्रोहीहरूले बुधबारदेखि नै अचानक खानबादमा आक्रमण गरेका र कुन्दुज र छिमेकमा पर्ने तखार प्रान्तको राजमार्ग बन्द गरेका थिए । अक्बरीका अनुसार सो राजमार्ग खुलाउन प्रहरीले कारबाही जारी राखेका छन् ।

दुई महिनायता अफगान सरकारी बलसँग तीब्र रूपमा युद्ध गर्दै आएका तालिवान कुन्दुज, तखार, बघलान प्रान्तका तालिवानहरूले कुनै टिप्पणी गरेका छैनन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर