
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको सुरक्षार्थ तैनाथ पछुवा गाडीका चालक प्रहरी हवल्दार ट्राफिक कारबाहीमा परेका छन् ।
भट्टराईको सुरक्षामा खटिएका बा १ झ ६९५४ नम्बर गाडीका चालक सूर्यबहादुर थापालाई जाउलाखेल ट्राफिक प्रहरीले कारबाही गरेको हो । जाउलाखेल चोकमा जेब्रा क्रसिङमा सवाी तेर्स्याएर राखेको भेटिएपछि प्रहरी चालकलाई कारबाहीको दायरमा ल्याइएको ट्राफिक प्रहरीले जनाएकाे छ ।
भीआईपीको सुरक्षा तथा पछुवामा खटिएका चालकलाई ट्राफिक प्रहरीले कारबाहीको दायरामा ल्याएको यो नै घटना पहिलो घटना भएकाे खबर अाजकाे कारोबार दैनिकमा छापिएकाे छ ।