newskoseli.Com

के लेखिएको छ प्रधानमन्त्री दाहालले मोदीलार्इ पठाएको पत्रमा ?

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको पत्र भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले शनिबार हस्तान्तरण गरेका छन् ।प्रधानमन्त्रीको विशेष दूतका रुपमा निधिले मोदीलाई चिठी दिएका हुन् । संक्षिप्त कुरा गर्दै निधिले मोदीसँगको भेट असाध्यै सौहार्द्रपूर्ण रहेको बताए । तर, उनले यसबारे विस्तृत बताउन चाहेनन् । निधिले मोदीसँग ३५ मिनेट सामूहिक र १५ मिनेट एक्लाएक्लै भेट गरेका थिए ।

स्रोतका अनुसार दाहालको सन्देशमा विशेषतः चार महत्वपूर्ण बुँदा छन् । पहिलो, दाहालले आफ्नो सरकारको प्राथमिकता संविधानमा आवश्यक संशोधन गरी त्यसलाई सर्वस्वीकार्य बनाएर छिटो चुनावमा जाने उल्लेख गरेका छन् । त्यसका लागि मधेसी मोर्चा र जनजातिका अुन्तुष्टि सम्बोधन गर्ने गृहकार्य सुरु भइसकेको जनाएका छन् ।

दोस्रो, नयाँ सरकार भारतसँगको सम्बन्धलाई सुमधुर बनाउन तयार भएको उल्लेख गरिएको छ । विगतमा दुई देशबीच देखिएका केही असाझदारी अब पूर्ण रुपमा हटेको दाहालले उल्लेख गरेका छन् ।

तेस्रो, उच्चस्तरमा द्विपक्षीय भ्रमण गराउने दाहालको सन्देश छ । यस्ता भ्रमणबाट दुई देशबीचको सम्बन्धले थप उचार्इ ग्रहण गर्ने उल्लेख गरिएको छ । र, चौथो, नयाँ सरकार विकासका परियोजनालाई अगाडि बढाउन चाहन्छ र त्यसका लागि भारतको सहयोग आवश्यक पर्ने उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्डले यसअघि नै भारतीय पक्षलाई आफूले अगाडि बढाउन चाहेका परियोजनाको सूची नै बुझाइसकेको स्रोतको भनाइ छ । मोदीले नेपालमा बनेको नयाँ गठबन्धनलाई पूर्ण रुपमा सहयोग गर्ने आश्वासन दिएको भेटमा सहभागी एक अधिकारीले बताएको आजको कान्तिपुरमा समाचार छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर