newskoseli.Com

सम्पदा निर्माणका लागि ३ लाख सङ्कलन

ऐतिहासिक गाउँ खोकना पुनःनिर्माणमा सहयोग पुयाउने उद्देश्यले शनिबार आयोजित साइक्लिङ यात्राबाट ३ लाख सङ्कलन भएको छ । उक्त यात्रा काठमाडौँको काष्ठमण्डपबाट सुरु भएर बल्खु, चाल्नाखेल, बुङ्मती हुँदै खोकना पुगेको खोकना पुनःनिर्माण तथा पुनःस्थापना समितिका उपाध्यक्ष नेपाल डङ्गोलले बताए । साइक्लिङ यात्रामा ५०० जना सहभागी भएको बताइएको छ ।

साइक्लिङ यात्रामा सहभागी प्रतिव्यक्तिले  ६०० का दरले शुल्क बुझाएका थिए । सहभागीलाई खोकनाका बासिन्दाले क्वाँटी, मेथीको सुप, हाकुजाकी खुवाएर बिदा गरेका थिए । गोरखा बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पले यस क्षेत्रलाई ध्वस्त बनाएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर