newskoseli.Com

चन्द माओवादीनिकट क्रान्तिकारीका ७ कार्यकर्ता गिरफ्तार

हिरासतमै अनशन बसेका आफ्ना केन्द्रीय सदस्य एवं काठमाडौँ जिल्ला संयोजक प्रकाश अधिकारी र जिल्ला सदस्य विकास अधिकारीको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएको नेकपा माओवादीनिकट अनेरास्ववियु (क्रन्तिकारी) का ७  कार्यकर्तालाई प्रहरीले गिरप्तार गरेको छ  ।

विरोध प्रदर्शनमा हस्तक्षेप गर्दै प्रहरीले अनेरास्ववियु (क्रन्तिकारी) का केन्द्रीय सदस्य कलम बडुवाल, काठमाडौ जिल्ला सदस्य महेन्द्र तामाङ, सुमन अधिकारी, रोजिना चौलागाईं र क्याम्पस जिल्ला सदस्य उषाकिरणसहित ७ जानलाई गिरफ्तार गरेको हाे ।

४ दिनदेखि पानी समेत नखाई अनसनमा बसेका गौतममलाई यथासिघ्र रिहाइको माग गर्दै अनेरास्ववियु (क्रन्तिकारी) ले वैशाख १८ गते चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो ।

पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत सोमबार युनिफर्मसहित करिब ४ सय विद्यार्थीको मासले जिल्ला शिक्षा कार्यालय काठमाडौ घेराउ गर्न पुग्दा प्रहरीले हस्तक्षेप गरी गिरफ्तार गरेको हो ।

न्युजकाेसेलीसँग कुरा गर्दै अनेरास्ववियु (क्रन्तिकारी) का उपत्यका संयोजक लोकेश विश्कर्माले विरोध गर्न पाउने जनताको अधिकारलाई कुनै पनि बहानामा कुन्ठित गर्ने खोजिए त्यसको खुलेर प्रतिरोध गर्ने चेतावनी दिए । उनले भने– ‘अखिल (क्रान्तिकारी) आम विद्यार्थीको शैक्षिक अधिकार रक्षा र सम्बन्धित क्षेत्रमा देखिएका विभिन्नखाले विकृतिका विरुद्ध जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छ ।’

‘जिल्ला शिक्षा कार्यालय घेराउमा भएको प्रहरी हस्तक्षेपकाे घाेर भर्त्सना गर्छाैं र गिरफ्तार हाम्रा सम्पूर्ण साथीहरुको शिघ्र रिहाइको माग गर्दछौं’ विश्वकर्माले भने– ‘अन्यथा परिस्थिति बेग्लै बन्ने निश्चित छ ।’

काठमाडौंका जिल्ला शिक्षा अधिकारी शङ्करबहादुर गौतमलाई कालोमोसो दलेको आरोपमा अधिकारीलाई स्वयम्भू प्रहरी कार्यालयले शुक्रबार दिउँसो २ बजे स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको थियो । उनी ‘भ्रष्ट जिशिअ’ माथि कारबाहीकाे माग गर्दै हिरासतमै अनसन बसेका छन् ।

यसअघि वैशाख १५ मा नेकपा माअाेवादीनिकट अखिल (क्रान्तिकारी) ले जिल्ला शिक्षा अधिकारी गौतमले शैक्षिक क्षेत्रमा अनियमितता गरेको र आर्थिक घोटला गरेकाे अाराेप लगाउँदै उनकाे कार्यकक्षमै प्रवेश गरी कालोमोसो दलेर ‘जनकारबाही’ गरेको जनाएको थियो ।

क्रन्तिकारीले २१ गते जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने र प्रत्येक कलेजअगाडि विद्यार्थी प्रदर्शन गर्ने जनाएको छ । त्यसैगरी साे संगठनले वैशाख २२ गते जिल्ला शिक्षा कार्यालयका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउने तथा २३ र २४ गते शैक्षिक संस्थाका प्रशासनमा तालाबन्दी गर्ने तथा २५ गतेदेखि शैक्षिक संस्थाहरूमा अनिश्चितकालीन तालाबन्दी गर्ने जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर