newskoseli.Com

प्राविधिक नहुँदा सिटिस्क्यान सेवा सुरु भएन

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा प्राविधिक नहुँदा सिटिस्क्यान सेवा सुरु हुन सकेको छैन सेवा सुरु गर्न सम्पूर्ण तयारी पूरा भइसकेको भए पनि प्राविधिकको अभावमा सेवा सुरु गर्न ढिलाइ भइरहेको अस्पतालका निर्देशक डा रमेशकुमार खरेलले बताए उनले भने – “सिटिस्क्यान सेवा सुरु गर्न हामीले मेसिन जडान गरी अन्य तयारी सबै पूरा गरिसकेका छौँ, प्राविधिक २ दिनमै आउने कुरा छ । आएलगत्तै हामीले सेवा सुरु गर्छौं ।

ग्लोवल फन्टको करिब ८ करोडको आर्थिक सहयोगमा अस्पतालमा उक्त मेसिन ल्याइएको हो ।निर्देशक डा खरेलले शूल्क कति लिने, कस्ता बिरामीलाई सहुलियत दिनेलगायतका विषयमा पनि बैठक बसेर छिटै निर्णय गरिने जानकारी दिए ।उनले अन्य सरकारी अस्पतालमा सिटिस्क्यान सेवा सस्तोमा दिइने र वीर अस्पतालमा बढी भीड हुँदा त्यहाँका बिरामीलाई टेकु अस्पतालले सो सेवा दिन सक्ने पनि बताए । अस्पतालमा केही समयपछि ४  श्ययाको विशेष सघन कक्ष पनि सुरु गर्न काम भइरहेको उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर