newskoseli.Com

प्युठानी कलाकारहरुले बुटवललार्इ रंग्याउँदै तताए (फोटोफिचर)

तराईमा गर्मीको उखरमाउलो चढ्दै गएको छ । र, यही गर्मी छल्न राता साडीमा सजिएका नारीहरु ढवाहाको अल नेपाल एकाडेमीमा जम्मा भए ।

कार्यक्रम हो प्युठान–रुपन्देही सम्पर्क मञ्चले आयोजना गरेको दर खाने कार्यक्रमसहित तथा विशेष सांस्कृतिक प्रस्तुति, जहाँ प्युठानका दिदीबहिनीलाई नचाउन प्युठानी कलाकारहरु कम्मर कसेर लागे ।

कार्यक्रमका प्रमुख अतिथि चर्चित कलाकार चन्द्र शर्माले पुरानो तीजीगीत र केही लोकप्रिय लोकगीत पस्केर जब कार्यक्रमको उद्घाटन गरे, पूरै उपस्थिति रोमाञ्चित हुँदै नाच्न थाल्यो ।

शर्माले ‘फाटिसक्यो कति साबुनले धोइरहने हो …’ भन्ने पुरानो तीजीगीत गाएका थिए । उनले हाल चर्चामा रहेको नया गीत ‘चम–चम चम्कने तारा’ पनि गाए । प्युठानको पूजा गाविस जन्मथलो भएका शर्माले बिदाई हुने बेला ‘चरी भए आउँथें उडेर…’ भन्दा सबै दर्शक–श्रोता उद्वेलित हुन पुगे ।

2 3 4 5 6 7 8 9 10 11 12 13

शर्मालगत्तै ओखरकोटका प्रचण्ड जीसीले ‘पढ्ने बेला पढ केटा हो…’,  धर्मवतीका सञ्जय सौगातले ‘अहिलेको तीजमा…’, फोप्लीका दिपु मगरले ‘सरर सारी सर्र्काइदेऊ…’ जस्ता लोकप्रिय गीतहरु गाउँदा प्युठानीहरु अत्यन्तै खुसी भए ।

कार्यक्रममा प्युठानी कलाकार मात्रै नभएर चर्चित कलाकार विष्णुजी पाण्डे ‘माइलाबा’ ले ठट्यौली पाराको गीत गाउँदा पसिनाले निथ्रुक्कै भिजेकाहरु पेट मिची–मिची हाँसिरहे ।

कार्यक्रममा रौनकता थप्दै कलाकार शिलु भट्टराईले ‘भँगेरी चरीले…’, विष्णु श्रीपालीले ‘धन्य केपी दाइ…’, नारयण बिपी परियारले ‘पैसाको के दुःख…’ गीत गाएर प्युठानबाट बसाइँसराइ गररे वा कामको सिलसिलामा रुपन्देही बसोवास गरिरहेका प्युठानीहरुको भीडलाई नचाए ।

एकेडेमीको हलमा राताम्य साडीमा सजिएर आएका नारीहरुलाई बाँदिकोट घर भएकी चर्चित नृत्यकार पवित्रा थापाले ‘रिमिक्स तीजीलयमा परम्परागतदेखि आधुनिक पारासम्मका नृत्य प्रस्तुत गर्दा दर्शकदीर्घाका सबैले रोमाञ्चित हुँदै तालीको गडागडाहटद्वारा उनलाई सम्मानित गरिरहे ।

भदौको पहिलो शनिबार यसरी प्युठानीहरुले रुपन्देहीलाई रंगीन बनाइदिए । बादिकोट प्युठानका चर्चित उद्घोषक जेबी क्षेत्रीले कार्यक्रमको उद्घोषण गरिरहँदा हल नै उल्लासमय भयो ।

सांस्कृतिक कार्यक्रमअघि मञ्चका अध्यक्ष लोकराज शर्माको अध्यक्षता सचिव बाबुराम एमसीको सञ्चालन तथा  राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका केन्द्रीय अध्यक्ष चन्द्र शर्माको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमममा तीजको सांस्कृति महत्वबारे चर्चा गरियो ।

कार्यक्रममा प्युठान घर भई रुपन्देहीलाई कर्मथलो बनाएका संस्कृतिविद प्रा.डा. गितु गिरी, मञ्चका संस्थापक अध्यक्ष पदम जिसी, प्रेस चौतारीका केन्द्रीय सचिव भरत केसी, प्रगतिशील पत्रकार संघका अध्यक्ष श्याम पोखरेल, नेकपा (माओवादी केन्द्र) का नेता चोपलाल आचार्य, पुरन गुरुङ, लुम्बिनी प्रेस क्लबका महासचिव नरेश केसी, वरिष्ठ पत्रकार वसन्त पोखरेल, प्रदीप जिसी, गणेश जिसी, चित्रबहादुर जिसीलगायतको सहिभागिता रह्यो ।

कार्यक्रममा २ सयभन्दा बढी दिदीबहिनीहरुको सहभागिता रहेको मञ्चका सचिव महतले न्युजकोसेलीलाई बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर