newskoseli.Com

बीपी राजमार्गबाट यात्रा गर्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् नयाँ भाडादर !

गत वर्षदेखि सञ्चालनमा आएको पूर्वी तराई जोड्ने बीपी राजमार्ग भएर चल्ने सार्वजनिक सवारी साधनहरुका लागि सरकारले भाडादर निर्धारण गरेको छ ।

उक्त राजमार्गमा मनपरी भाडा असुल हुँदै आएको पाइएपछि सरकारले भडा तय गरेको हो । काठमाडौंको कोटेश्वरबाट पूर्व तथा मध्यतराई र पहाडका जिल्लाका लागि दैनिक सयौं साना सार्वजनिक यातायातहरु सञ्चालनमा रहेका छन् ।

यातायात व्यवस्था विभागले दुरी अनुसार नयाँ भाडादर कायम गरेको हो ।

काठमाडौंको नयाँ बसपार्कदेखि धुलिखेल–खुर्कोट– सिन्धुली हुँदै बर्दिबास सम्मको २ सय किलोमिटरका लागि ५ सय ३३ रुपैयाँ भाडा तोकिएको छ । कोटेश्वरबाट चल्ने टाटा सुमो, माइक्रो लगायतका साना गाडीहरुले त्यहाँ सम्मको ७ सय रुपैयाँ असुल्दै आएका थिए । बर्दिबासबाट २९ किमी थपिएर जनकपुर पुग्दा ९ सय रुपैयाँ भाडा लिदै आएकोमा अब जनकपुरसम्मको भाडा ५ सय ७१ रुपैयाँ तोकिएको छ ।

विभागले आफ्नो वेबसाइटमा राखेको भाडादरमा धुलिखेलसम्म २५ किमी र सिन्धुलीमाढी बर्दिबास ३८ किमी प्रतिकिलोमिटर १ रुपैयाँ ८० पैसा तोकेको छ । त्यस्तै धुलखेल–भकुण्डेवेसी २१ किमी, भकुण्डेबेंसी–नेपालथोक ३० किमीको प्रतिकिलोमिटर ३ रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी उक्त राजमार्गकै नेपालथोक–खुर्कोट ३५ किमी र खुर्कोट–सिन्धुलीमाढी ३९ किमी दुरीमा प्रति किलोमिटर ३ रुपैयाँ ५० पैसा भाडादर तोकिएको छ । उक्त दर अनुसार वीपी राजमार्ग हुँदै मध्य तथा पूर्वी पहाड र तराईका जिल्ला सम्मको भाडा दर निर्धारण गरिएको हो ।

जलेश्वर २ सय ४७ किमीको ६ सय २, राजविराज ३ सय ७ किमीको ७ सय ५, विराटनगर ३ सय ९४ किमीको ८ सय ५६, धरान ३ सय ९१ किमीकाे  ८ सय ५१, धनकुटा ४ सय ४० किमीको ९ सय ९२, काँकडभिट्टा ४ सय ६२ किमीको ९ सय ७४ रुपैयाँ भाडा कायम गरिएको छ । मन्थली १ सय ४ किमीको ३ सय ८१, चरिकोट १ सय ९८ किमीको ५ सय ७३, जिरी २ सय २० किमीको ६ सय ५३ रुपैयाँ तोकिएको छ ।

लामोदुरीका राजमार्गमा चल्ने ठूला तथा साना सार्वजनिक सवारीका लागि सरकारले समयसमयमा भाडादर निर्धारण गर्ने गरेको छ । तर, व्यवसायीहरूले सरकारी भाडादरलार्इ बेवास्ता गर्दै आफ्नै भाडादरबाट चर्को रूपमा यात्रुबाट भाडा असुल्दै आएका छन् । यसपटक सरकारले निर्धारण गरेको भाडा पनि कार्यान्वयन हुनेमा शंका लागेको यात्रुहरू बताउँछन् ।

नयाँ भाडादर निम्नानुसार छ :

bhada

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर