newskoseli.Com

नेविसंघका केन्द्रीय पदाधिकरी र सदस्यहरूले बिहीबार प्रमाणपत्र पाउँदै

नेपाल विद्यार्थी सङ्घको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबारे छलफल हुने भएको छ ।

बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बस्ने नेविसङ्घको ११औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकमा स्ववियु निर्वाचनबारे छलफल गर्न लागिएको नवनिर्वाचित केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

बैठकमा विद्यार्थीले सवारी आवतजावतमा पाउने सहुलियत, आगामी नेपालको शिक्षा प्रणाली लगायतका एजेन्डामा छलफल हुने बताइएको छ । ९ वर्षपछि भदौ ३ गते सम्पन्न महाधिवेशनले नैनसिंह महरलाई अध्यक्ष पदमा निर्वाचित गरेको थियो । बैठक बिहीबार बिहान ८ बजे निर्वाचन समितिबाट प्रमाणपत्र प्राप्त गरेलगत्तै बस्नेछ ।

सोही दिन नेविसङ्घको निवर्तमान केन्द्रीय समितिले कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितिमा नवनिर्वाचित समितिलाई सम्मान गर्ने कार्यक्रम रहेको निवर्तमान मुख्य सचिव शिव रिमालले जानकारी दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर