newskoseli.Com

दैनिक रक्तदान कार्यक्रम सञ्चालन

 नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले दैनिक रक्तदान अभियान सुरु गरेको छ । ‘रगत नपाए भक्तपुर जानु’ भन्ने नारालाई चरितार्थ गर्दै शाखाले रगतको अभाव हुन नदिन यो अभियान सुरु गरेको हो ।

रेडक्रसले यही भदौ १ गतेदेखि दैनिक रक्तदान अभियान सुरु गरेको जानकारी दिँदै शाखाका सभापति एवम् सोसाइटीका केन्द्रीय सदस्य मनोज थापाले भक्तपुरको कमलविनायक, सूर्यविनायक र पाँचतले मन्दिर परिसरमा दैनिक रक्तदान कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

सातामा ६ दिन नियमित रुपमा बिहान ७ बजेदेखि ११ बजेसम्म र शनिबार जिल्लाका विभिन्न ठाउँमा बिहान एकैपटक रक्तदान कार्यक्रम हुने बताउँदै उनले रक्तदानमा सहभागी भइदिन सबैमा आह्वान गरे ।

शाखाबाट वार्षिक ३० हजार युनिट रगत खपत हुने गरेको बताउँदै सभापति थापाले रगतको आवश्यक परे सम्पर्क गर्न कार्यालयका फोन नम्बर ६६११६६१ र ६६१२२६६ मा निःशुल्क फोन सेवा उपलब्ध गराएको भने ।

रगतको कम्पोनेन्ट बनाउन ६ घन्टाभित्रको ताजा रगत चाहिने भएकाले कहिले काँही रक्तदाता तत्काल उपलब्ध नहुँदा रगतको अभाव हुने भए पनि त्यस्ता बिरामीका लागि शाखासंग ५ सय भन्दा बढी कलिङ रक्तदाता भएकाले उनीहरुलाई बोलाएर रक्तदान गर्न लगाउने गरेको पनि उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर