newskoseli.Com

राष्ट्रपतिले २६ गते संसदमा सम्बोधन गर्ने

मंगलबारदेखि चालु हुने संसद्को दोस्रो अधिवेशनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गते सम्बोधन गर्नेगरी व्यवस्थापिका–संसद सचिवालयले तयारी गरेको छ ।

नेपाल सरकारले ल्याउने नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था नयाँ संविधानमा छ । साेहीअनुरूप वैशाख २६ गते राष्ट्रपतिबाट संसदको अधिवेशनलाई सम्बोधन हुनेगरी तयारी भएको जानकारी संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले दिए ।

भूकम्पपछिको पुनःनिर्माण र देशका विभिन्न स्थानमा भएका आगलागीलगायतका सार्वजनिक महत्वको विषयमा वैशाख २२ र २३ गते संसदमा छलफल हुनेछ । प्रवक्ता डा. गौतमका अनुसार वैशाख २४ र २५ गते प्रि–बजेट छलफल हुनेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर