newskoseli.Com

शंखमुलमा आगलागी, एक घन्टाको प्रयासपछि नियन्त्रणमा (भिडियोसहित)

राजधानीको शंखमुलमा एक सोफा कारखानामा आगलागी हुँदा एक घाइते भएका छन्। बुधबार बिहान लागेको आगोमा मोहम्मद सवाज आलम घाइते भएका हुन् ।

उनको पाखुरा, अनुहारलगायत शरीरका विभिन्न भाग आगोले पोलेको छ। आगो निभाउने क्रममा उनी पोलिएका हुन् । मोहम्मद सवाज आलम सोफा कारखानाका मालिक समेत हुन्।

आगो निभाउन ५ दमकल र एउटा पानी ट्यांकर प्रयोग गरिएको थियो । करिव १ घन्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको घाइते आलामले बताए।

छेउको घरममा ग्रिल जोड्नका लागि गरिएको वेल्डिङका क्रममा आगोको झिल्का सल्केर सोफाको फोम जलेर आगो फैलिएको आलमले बताए । उनका अनुसार आगलागीबाट २० लाख बराबरको क्षति पुगेको छ।

 

https://youtu.be/T6iq620fGq0

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर