newskoseli.Com

संविधान कार्यान्वयन नगरी संशोधनको अर्थ छैन : केपी ओली

नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशील दस्तावेज भए पनि कार्यान्वयन नगरी संशोधन गर्नुको कुनै अर्थ नभएको बताएका  छन्  ।

बैंककस्थित बुमरुमगार्ड अस्पतालमा नियमित स्वास्थ्योपचारका लागि प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेता ओलीले बिनाउद्देश्य संविधान संशोधन गर्नाको कुनै औचित्य नभएको बताए । संशोधनका विषयमा पार्टीलाई औपचारिक ढङ्गले कुरा नआएको बताउँदै उनले भने– ‘कसैले प्रस्तावै गरेको छैन, केही–केही पार्टीका बीचमा के–के ही सम्झौता भए, ती कुराको पनि हामीलार्इ जानकारी छैन ।’

वर्तमान सरकारले १ महिना बित्न लाग्दासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको उल्लेख गर्दै प्रश्न गरे– ‘१ महिना बित्न लाग्दा पनि मन्त्रिपरिषद् नै गठन भएको छैन, अरु के  होला ? कति महिना मन्त्रिपरिषद् विस्तार गर्न लाग्ने हो ? आफ्नै कार्यकर्ताको चिन्ता मात्र छ, देशको चिन्तामा कहिलेदेखि लाग्ने हो  ?’

पूर्वप्रधानमन्त्री ओली भदौ २० गते स्वदेश फर्कने कार्यक्रम छ । उनको  साथमा धर्मपत्नी राधिका र स्वकीय सचिव राजेश aज्राचार्य समेत रहेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर