newskoseli.Com

विश्वविद्यालयमा हमला, ७ विद्यार्थीसहित १५ को मृत्यु

बुधबार राति तालिवानहरुले १ विश्वविद्यालयमा हमला गरेका छन् । अफगानिस्तानको राजधानी काबुलमा भएको सो हमलामा पर्ने  विश्वविद्यालय अमेरिकीहरुद्वारा सञ्चालित हो ।

काबुलका प्रहरी प्रमुख अब्दुल रहमान रहिमीले सो हमला तालिवानहरुले गरेका र बुधबार साँझको आक्रमणपछि बिहीबार बिहानसम्ममा १५ जनाको ज्यान गएको बताएका छन् । ज्यान  जानेमा २  तालिवान पनि  रहेका छन्  भने  केही घाइते भएका छन् ।

ज्यान जानेमा  उक्त विश्वविद्यालयको गेटमा बस्ने पाले १, विद्यालयका कर्मचारी  १,  ३ प्रहरी, ७  विद्यार्थी छन् । केही व्यक्ति बेपत्ता  रहेको  प्राप्त समाचारमा  जानाइएको छ।

उनीहरुलाई तालिबानले अफहरण गरेर लगे वा कता बेपत्ता छन् भन्ने बारेमा  खोजी भइरहेको छ । १ व्यक्तिले आफू चढेको कारमा ल्याएको बम उक्त विश्वविद्यालयको ढोकामै लगेर बिस्फोट गराएको र घन्टौंसम्म भीडन्त भएको अधिकारीहरूले जनाएका छन् ।

यसरी शिक्षण संस्थामा गरिएको यस आक्रमणबारे तालिवानहरुले भने केही बताएका छैनन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर