newskoseli.Com

नवनियुक्त १३ मन्त्रीले सपथ लिए

नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी १३ मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ गराएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको समुपस्थितिमा राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार बिहान आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीलाई सपथ गराएकी हुन् ।

सपथ लिने मन्त्रीहरुमा अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, बालकृष्ण खाँड, केशवकुमार बुढाथोकी, गगनकुमार थापा, शङ्कर भण्डारी, सीतादेवी यादव, हृदयराम थानी, रोमी गौचन, दीपक गिरी, नवीन्द्रराज जोशी, जीवनबहादुर शाही र सूर्यमान गुरुङ छन् ।

कांग्रेसका तर्फबाट उप्रधानमन्त्री तथा गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक यसअघि नै सरकारमा सहभागी भइसकेका छन् ।

कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल शपथग्रहण कार्यक्रममा सहभागी भए । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, मन्त्रीहरु, प्रमुख निर्वाचन आयुक्त, ३ वटै सुरक्षा निकायका प्रमुख, मुख्य सचिव डा. सोमलाल सुवेदी र नेपाल सरकारका विशिष्ट अधिकृतहरुको सहभागिता रह्यो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल साउन १९ गते व्यवस्थापिका–संसदबाट प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए । उनले साउन २० गते पद तथा गोपनीयताको शपथ लिएका थिए । नेपाली कांग्रेसको साथ र सहयोगमा प्रधानमन्त्री पदमा निर्वाचित भएका दाहालले आफ्नो मन्त्रिमण्डललाई अहिले तेस्रोपटक विस्तार गरेका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर