newskoseli.Com

बस दुर्घटनामा पर्नेको तत्काल उद्धार र उपचार गर : प्रधानमन्त्री

शुक्रबार बिहान त्रिशूलीमा भएको बस दुर्घटनामा परी निधन भएका नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले  घाइतेको तत्काल उद्धार गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालले बिहानै चितवन जिल्ला प्रशासनलाई सो निर्देशन दिएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ३७०९ नम्बरको बस नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको चण्डीभञ्ज्याङ गाविसको कालीखोलामा दुर्घटनामा परेको थियो ।

प्रधानमन्त्रीले तत्काल घाइतेको उद्धार गर्न र उनीहरुको उपचारको प्रबन्ध गर्न जिल्ला प्रशासन र स्थानीय पार्टीपङ्क्तिलाई समेत निर्देशन दिएका छन् ।

दुर्घटनामा परी २१ यात्रुको निधन भएको र १३ को उद्धार गरिएको मुग्लिन प्रहरीले जानकारी दिएको छ । घाइतेलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ।

बिहीबार राति नै बस दुर्घटनामा परेको भए पनि बिहान ४ बजे गस्तीमा गएको प्रहरीले बस नदीमा तैरिरहेको देखेपछि मात्र उद्धार सुरु गरेको जनाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर