newskoseli.Com

त्रिशूलीमा शनिबार फेरि ट्रक खस्यो ! ७ को उद्धार

मुग्लिन सडक खण्डको जलवीरे नजिकैबाट शनिबार बिहान त्रिशूली नदीमा ट्रकसहित खसेका ७ जनाको प्रहरीले उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार मुग्लिनबाट बालुवा लिएर नारायणगढतर्फ आउँदै गरेको ना३ख ४५५६ नंको ट्रक त्रिशूली नदीमा खसेको हो । ट्रक पानीमा डुबेको थियाे । ट्रकबाट ३ बालबालिका, २ महिला र २ पुरुषको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुगेका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार घाइते भएका उनीहरुलाई उपचारका लागि भरतपुरतर्फ पठाइएको छ । घाइते हुनेमा चालक र सहचालक पनि छन् ।

करिब बिहान ७ बजेतिर ट्रक खसेको अनुमान गरिएको छ । उनीहरुको नेपाल प्रहरी र सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारको टोलीले उद्धार गरेको हो । सोही क्षेत्रमा बिहीबार मात्रै यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा २२ जनाको मृत्यु, १६ जना घाइते र ४ जना बेपत्ता भएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर