newskoseli.Com

अस्ताए पूर्वमन्त्री गोरेबहादुर खपाङ्गी

पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीको शनिबार निधन भएको छ। तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा महिला तथा बालबालिका मन्त्री रहेका पूर्वमन्त्री खपाङ्गीको ७० वर्षको उमेरमा बाँसबारीस्थित न्युरो अस्पतालमा शनिबार राति १० : २० मा निधन भएको अस्पतालले जनाएको छ।

शनिबार दिउँसो पिसाबमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। ललिपुरको नख्खुमा बस्दै आएका उनको उपचारपछि स्वास्थ्यमा सुधार नआएपछि न्यूरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

यसअघि नेता खपाङ्गीलाई २०७० साल बैशाख १२ गते नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सवमा सहभागी हुन राष्ट्रिय सभागृह अगाडि पुगेको अवस्थामा अचानक बा ५१ प ६३७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। उक्त दुर्घटनापछि उनी अचेत भइ लडेका थिए।

तत्काल वीर अस्पतालको इमजेन्सी कक्षमा भर्ना गरिएको थियो। पछि उनलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो।  उपचारपछि उनको स्वास्थ्यमा सुधार नआएपछि उनलाई सिंगापुर लगिएको थियो।

राजनीतिमा प्रखर वक्ता रहेका खपाङ्गी पञ्चयातकालमा १४ महिला जेल जीवन बिताएका थिए। २०४७ सालमा नेकपा(माले) परित्याग गरेर उनी आदिवादी/जनजाति समुदायको पहिचानको आन्दोलनको नेतृत्व गरेका थिए। उनको अाइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर