newskoseli.Com

बारपाकलाई पर्यटकीय केन्द्र बनाउन पहल गरिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले २०७२ वैशाख १२ को भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकलाई विश्वकै आकर्षक पर्यटकीयस्थल बनाउन पहल गरिने बताएका छन् ।

बारपाकका भूकम्प प्रभावितको प्रतिनिधिमण्डलसँग अाइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री दाहालले भने– “ऐतिहासिक गाउँ बारपाकको एकीकृत योजनाका साथ पुनर्निर्माण गर्नुपर्छ, भूकम्पको केन्द्रविन्दु बनेको बारपाकलाई विश्वले चिनेको छ, यसलाई संसारकै आकर्षक पर्यटकीय केन्द्र बनाउन पहल गर्नेछु ।”

गोरखाका सांसदद्वय कृष्ण धिताल र छमबहादुर गुरुङ एवम् पूर्वसांसद अम्बर गुरुङको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र पेस गर्दै जिल्लाको विकास निर्माणमा ध्यान दिन अनुरोध गरेको स्वकीय उपसचिव मनोहरि तिमल्सिनाले जानकारी दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर