newskoseli.Com

वृद्ध मन्त्रीको गुनासो ‘मैले क्वाटर पाइन’

प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रीमण्डलको सबैभन्दा पाका सदस्य हुन् सुर्यमान गुरुङ । उनको जिम्मेवारीमा श्रम तथा रोजगार मन्त्रालय परेको छ । शुक्रबार सपथ लिएर कार्यभार सम्हालेका उनी आइतबार बिहान मन्त्रालयमा काम गर्ने मुड बनाएर पुगेका थिए ।

आइतबार उनले मन्त्रालयको कार्यक्षेत्र, महत्व र भइरहेको कार्यसम्पादनको विषयमा आफ्नो मन्त्रालय मातहतका वरिष्ठ अधिकारीहरुसँग ब्रिफिङ लिएका थिए । बिफ्रिङ पछि शुभकामना दिन आउनेको लर्कनलाई उनले समय दिए । मन्त्रीको कार्यकक्षसम्म धाएर शुभकामना दिनेमा वैदेशिक रोजगारको क्षेत्रमा क्रियाशील म्यानपावर व्यवसायीहरु अग्रपंक्तिमा देखिन्थे ।

क्वाटर पाइनँ
मन्त्रीपरिषद्का जेष्ठ सदस्यले आफूले मन्त्री क्वाटर नपाएको दुखेसो गरेका छन् । राज्यमन्त्रीलाई क्वाटरको व्यवस्था गरेर आफूलाई वेवास्ता गरेकोमा उनको चित्त दुखेको छ ।

‘म घरबाट मन्त्री नभएपनि सर्न आँटेको थिएँ । मेरो झुपडी मर्मतसम्भार गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘आफ्नै घरमा बसेपछि भाडा पनि नपाइने रहेछ । मन्त्री क्वाटर सबै प्याक भइसकेको रहेछ । कमसेकम प्रोटोकल मिलाएर राखेका भए पनि हुन्थ्यो ।’

रिजेक्टेड मन्त्रालय
‘साथीहरु गृह, स्थानीय विकास, अर्थ मन्त्रालयको लागि मरिहत्ते गर्छन् भन्ने सुनेका थिएँ । यो मन्त्रालय ९श्रम तथा रोजगार० केही होइन भन्थे,’ उनले भने, ‘यो रिजेक्ट मन्त्रालय हो भन्थे । कसरी छुट्याउने मलाई त थाहै छैन ।’

उनको अनुसार आफूले सन्र्दभ चल्दा ‘कसैले सम्हाल्न नचाहने मन्त्रालय दिए पनि हुन्छ,’ भनेको कुराको अहिले सुनुवाई भएको छ ।

‘मलाई यो मन्त्रालय दिए । मैले लिएँ । यसमा साथीहरुले किन लिएको भनेर गाली पनि गरे । जिम्मेवारी दिएपछि चलाउनै पर्‍यो,’ उनले भने, ‘यहाँ आएपछि यसको महत्वबारे बुझेको छु । म कहिले पनि नआत्तिने, नमात्तिने मान्छे । आफ्नो जिम्मेवारी निभाउने मान्छे हो । मलाई फरक पर्दैन् ।’

बुझेर निर्णय लिन्छु
‘वैदेशिक रोजगारको विषयमा धेरै जटिल पक्षहरु छन् । यसमा बुझेर मात्रै निर्णय लिन्छु,’ शुभकामना दिनेहरुको भिडका बीच केही समय निकालेर कुरा गरेका मन्त्री गुरुङले भने, ‘सबैभन्दा मुख्य पाटो वैदेशिक रोजगारले देशको अर्थतन्त्रमा पुर्‍याएको योगदान हा । यसलाई थप मजबुत बनाउनुपर्छ ।’अाजकाे कान्तिपुर दैनिकमा समाचार छापिएकाे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर