newskoseli.Com

बाबुरामले तोके ३ सहसंयोजकको जिम्मेवारी

नयाँ शक्तिले पार्टीका केन्द्रीय पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । भदौ १२ गतेको केन्द्रीय पदाधिकारी बैठकले जिम्मेवारी हेरफेर एवं बाँडफाँडसम्बन्धी निर्णय गरेको हो ।

नयाँ जिम्मेवारी अनुसार संयोजक डा. बाबुराम भट्टराईले समग्र पार्टीको वैचारिक तथा राजनीतिक नेतृत्व गर्दै संगठनात्मक गतिविधिको अनुगमन गर्नेछन् । ३ सहसंयोजकहरुलाई पार्टीका विभिन्न समितिहरु, केन्द्रीय विभाग, आयोग, संयन्त्र र प्रदेशहरु अनुगमनको जिम्मेवारी तोकिएको छ ।

सहसंयोजक रामचन्द्र झालाई पार्टीको राजनीतिक संवाद समिति, संसदीय मामिला, प्रशिक्षण, अन्तर्राष्ट्रिय, संघीय मामिला तथा स्थानीय विकास विभाग, सांस्कृतिक, वन तथा वातावरण, कानुन तथा मानवअधिकार विभाग, आंगिक संगठन तथा पेशागत संयन्त्रसहित २, ३ र ६ नम्बर प्रदेशको अनुगमन गर्ने जिम्मेवारी तोकिएको छ ।

अर्का सहसंयोजक महेश कर्मोचालाई नीति अध्ययन तथा अनुसन्धान, सुरक्षा, युवा, कृषि तथा भूमि मामिला, पर्यटन, जलस्रोत, ऊर्जा तथा भौतिक पूर्वाधार विकास, खेलकुद  विभागका साथै सदाचार आयोग, उपत्यका सम्पर्क संयन्त्रसहित १ र ४ नम्बर प्रदेश अनुगमनको जिम्मेवारी दिइएको छ ।

त्यस्तै सहसंयोजक दुर्गा सोवलाई सचिवालय व्यवस्थापन तथा अनुगमन, महिला, उद्योग, वित्त, वाणिज्य विभाग, सहिद–बेपत्ता परिवार, घाइते–अपांग एवं द्वन्द्व प्रभावित परिवार व्यवस्थापन, श्रम, सहकारी तथा स्वरोजगार, स्वास्थ्य तथा योग साधना, सामाजिक संघ–संस्था संयोजन, दलित, अल्पसंख्यक तथा समाज कल्याण, शिक्षा तथा विज्ञान–प्रविधि विभाग सहित ५ र ७ नम्बर प्रदेशको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर