newskoseli.Com

वैदिक विश्वविद्यालय खोल्नुपर्नेमा जोड

नेपालमा वैदिक विश्वविद्यालयको स्थापना गरिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

अक्सब्रिज कलेजद्वारा शुक्रबार यहाँ आयोजित अन्तक्र्रियामा अधिकांश सहभागीले अन्य विश्वविद्यालय जस्तै वैदिक विश्वविद्यालयको महत्व रहेको बताएका थिए।

वेदव्यासको जन्म नेपालको तनहुँस्थित दमौलीमा भएको जनविश्वास अनुसार सोही स्थानमा उक्त विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल महर्षि फाउन्डेसन फर वैदिक कल्चरका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले तनहुँवासीले नै उक्त विश्वविद्यालय खोल्न नेतृत्व लिनुपर्नेमा जाेड दिए । व्यासबारेका अध्येता काशीनाथ न्यौपानेले दमौलीमा वैदिक पुस्तकालयको स्थापना गरिएको र अब विश्वविद्यालयको स्थापनाले वैदिकविद्यासम्बन्धी अध्ययन गर्न सजिलो हुने बताए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर