newskoseli.Com

तीजको अवसरमा अखिलको फुटसल

अनेरास्ववियु केन्द्रीय कमिटीले तीजको अवसरमा शनिबार राजधानीमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरेको छ । थापागाउँस्थित खेल मैदानमा भएको प्रतियोगितामा ६ समूहको सहभागिता रह्यो ।

नेपाल पत्रकार महासङ्घ, प्रेस चौतारी, अनेरास्ववियु अनेरास्ववियु (क्रान्तिकारी) महिला तथा पुरुष गरी ६ समूहको सहभागिता रहेको हो । प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ, अनेरास्ववियु ‘बी’ समूह र अनेरास्ववियु महिला समूह विजयी भएको अखिलकी सचिव आरती लामाले जानकारी गराइन् ।

प्रतियोगिताको उद्घाटन गदै नेकपा ९एमाले० का केन्द्रीय सदस्य ठाकुर गैरेले भड्काउपूर्ण तीज मनाउने शैलीलाई रोक्नुपर्ने बताउँदै प्रतियोगिताजस्ता कार्यक्रम गरेर प्रगतिशील तीज मनाउनु पर्नेमा जोड दिए ।

अखिल अध्यक्ष नविना लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसद यज्ञराज सुनार, पूर्व युवा तथा खेलकुदमन्त्री कमला रोका मगर, अखिलका पूर्वअध्यक्षद्वय राजेन्द्र राई र रामकुमारी झाँक्री तथा प्रहरी उपरीक्षक किरण ब्रजाचार्यले तीजको शुभकामना दिँदै खेलकुदको माध्यमबाट सिङ्गो देशलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर