newskoseli.Com

पशुपतिमा महिला दर्शनार्थीको बाक्लो उपस्थिति

हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा अाइतबार बिहान ३ बजेदेखि नै ब्रतालु महिलाहरूको भीड लागेको छ ।

पानी पर्न थालेपछि पशुपति दर्शनका लागि लाइनमा बसेका महिलालाई लाइनमा बस्न मुस्किल भएकाे एक ब्रतालुले बताइन् । ब्रतालु महिलाहरूको लाइन पश्चिममा जयबागेश्वरी, दक्षिणमा तिलगङ्गा र उत्तरमा उमाकुण्डसम्म पुगेको छ ।

दर्शनार्थी दर्शनका लागि बिहान ३ः३० बजेदेखि मन्दिरका चारै ढोका थियाे । आज नौ लाख महिलाले पशुपतिनाथमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको पशुपति विकाश काेषले जनाएकाे छ ।

मन्दिर दर्शन गर्न महिलाहरूकाे चाप बढी हुने भएकाेले अाज पुरूषलार्इ मन्दिर पस्न निषेध गरिएकाे छ । कोषले यस वर्ष सशुल्क दर्शन बन्द गरेकाे हुनाले सबै भक्तजन लाइन लाग्नुपर्ने भएकाे छ । प्रहरीबाहेक अरू संघ संस्थाका स्वयम् सेवक परिचालन नगरिएकाे पशुपति विकाश काेषले जनाएकाे छ । देशभरका विभिन्न शिवालयमा पनि बिहानैदेखि व्रतालु महिला पूजा तथा दर्शनका लागि जाने गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर