newskoseli.Com

युवाको माग जायज : नेता लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले सरकारले उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्न नसकेका कारण देशमा बेरोजगार समस्या बढ्दै गएको बताएका छन् ।

रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्ति अभियानले खुलामञ्चमा आयोजना गरेको सामूहिक आमरण अनशनमा मंगलबार ऐक्यबद्धता जनाउँदै उनले २० वर्षअघि उत्पादनशील क्षेत्रमा लाग्ने मजदुर दुई लाख ४ हजार रहेकामा अहिले दुई लाख २३ हजार मजदुर मात्र संलग्न रहेको अवस्थामा उत्पादन घट्दै गएकाले बेरोजगारी बढेको जानकारी दिए ।

नेता लोहनीले अनशनरत युवाको माग जायज रहेको बताउँदै रोजगारीको व्यवस्था संविधानमा समेत रहेको हुँदा सरकारले चाँडो ऐन बनाएर लागू गर्नुपर्नेमा जोड दिए ।

गत वैशाख १५ गतेदेखि सुरु भएको अनशनमा अनुषा राई, जिविता आचार्य, लक्ष्मी तामाङ, मञ्जु गौतम, अजित झा, दावा शेर्पा, नीरज पुन, भरत लामिछाने, महेश नेपाल, रियाज पौडेल, ज्ञानदेव विष्ट र चन्द्रबहादुर थापा छन् ।

अनसनरत युवाले योग्यता, क्षमता, सीप र दक्षताअनुसारको रोजगारी उपलब्ध गराउनुपर्ने, रोजगार दिन नसके राज्यले शैक्षिक योग्यताका आधारमा ऋण उपलब्ध गराउनुपर्ने आदि माग गरेका छन् । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर