newskoseli.Com

एमाले–एमाओवादी शीर्ष नेता छलफल

मंगलबार राति वर्तमान सरकारको नेतृत्व गरिरहेका नेकपा (एमाले) र सत्ता साझेदार एकीकृत नेकपा (माओवादी) का शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्याे ।

बैठकमा संसद् सञ्चालन, सरकारको आगामी नीति तथा कार्यक्रम, बजेट र सरकार सञ्चालनका विषयमा केन्द्रित रहेर छलफल भएको बुझिएको छ ।

बैठकमा एमालेको तर्फबाट प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेल र सचेतक भानुभक्त ढकाल सहभागी भए ।

त्यसैगरी एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, सचिवद्वय वर्षमान पुन र टोपबहादुर रायमाझी तथा नेता जनार्दन शर्मा सहभागी रहे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर