newskoseli.Com

उकालो हिँड्न नसकेपछि बाटोमै राहत बाँडेर फर्कियो प्रजिअ टोली

रुकुम आठविसकोट दाजेका आगलागी पीडितलाई बीच बाटोमा बोलाएर राहत वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा रुकुमका प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्य नेतृत्वको टोली घटनास्थलमा नपुगी बीच बाटोमै राहत छोडेर फर्किएको छ ।

आगलागी पीडितका लागि भनेर सङ्कलित नगद, खाद्यान्न तथा गैरखाद्यान्न वितरण गर्न गएको प्रजिअ आचार्य नेतृत्वको टोली आठसिकोटको खारखारेबाटै फर्किएको हो ।

रुकुम सदरमुकाम खलङ्गाबाट गाडी चढेर गएका प्रजिअ आचार्यसहितको टोली गाडीको सुविधा भएको ठाउँसम्म मात्र पुगेका थिए । खारखारेबाट घटनास्थल दाजेमा पुग्न करिब दुई घन्टाको उकालो हिँड्नुपर्छ । तर यातायातको सुविधा नभएका कारण उनि बीच बाटोबाटै फर्किएका हुन् ।

खारखारेमै पीडितलाई बोलाएर जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट प्रतिघर परिवार रु पाँच हजार, जिल्ला विकास समितिको तर्फबाट प्रतिघरपरिवार एक हजार र रेडक्रस रुकुमको तर्फबाट खाद्य तथा गैरखाद्य सामग्री प्रदान गरिएको थियो ।

पीडितलाई प्रदान गरिएको नगद, लत्ताकपडा र भाडाकुँडा लिएको भएपनि अन्य खाद्य सामग्री भने खारखारेमै थन्किएको छ । त्यसबारेमा प्रजिअ आचार्यले भने “आफूहरुले नबोलाएको भए पनि पीडित केही तल झरिसकेका कारण घटनास्थलमा नपुगी त्यहीँबाट राहत प्रदान गरेको हो ।

वैशाख १४ गते भएको आगलागीका कारण रुकुम आठबिसकोट–३ दाजेका १० घर जलेर नष्ट भएका थिए । अहिले पीडित परिवार अर्काको घरमा सहारा लिएर बसिरहेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर