newskoseli.Com

धमाधम अस्पत्ताल भर्ना हुँदै आमरण अनसनकारी

देशभित्रै रोजगारीको माग आठौँ दिनसम्म भोक हड्तालमा बसेका यूवाहरुको स्वास्थ्य अवस्था विग्रन थालेको छ । आठ दिन सम्म भोकभोकै बसेका कारण आमरण अनसनकारीहरुको स्वास्थ्य अवस्था विग्रन थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

योग्यता, सीप र दक्षता अनुसारको रोजगारीको ग्यारेन्टी, रोजगार दिन नसके स्वरोजगारका लागि प्रमाणपत्र धितोमा राखेर ऋण दिनपर्ने, वेराजगार भत्ताको व्यवस्था गर्नपर्ने लगायतका माग राखेर १२ जना यूवाहरु बैशाख १५ गतेदेखि काठमाण्डौको खुलामञ्चमा आमरण अनसनमा छन् ।

अभियानका संयोजक चन्द्र बहादुर थापा सागरको नेतृत्वमा अनुषा राई, जिविता आचार्य, ज्ञानदेवी विष्ट, मञ्जु गौतम, लक्ष्मी स्याङताङ तामाङ, दावा शेर्पा, अजित झा, भरत लामिछाने, निरज पुन, रियाज पौडेल, र महेश नेपाल छन् । उनीहरु त्रिभुवन विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत हुन् ।

अनसनमा बसेका यूवाहरु बेहोस भई ढल्न थालेपछि अस्पत्ताल भर्ना गरीएको छ । दिनहुँजसो बेहोस भई ढल्ने क्रम बढेको आन्दोरनरत संस्था रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्तिको अभियानका उपत्यका संयोजक दिपक विसीले बताए ।

‘साथीहरुलाई न्युन रक्तचाप, ग्याष्टिक, लगायतको समस्या देखिएको स्वास्थ्यकर्मीले बताएका छन्’ उनले भने ‘दिनहुँ २÷३ जनालाई अस्पत्ताल भर्ना गर्ने भईरहेको छ ।’ उनका अनुसार आठौँ दिनका दिन जिविता आचार्य र अनुप लामिछाने को विर अस्पत्तालमा उपचार भईरहेको छ ।

बाँकी ९ जनाको स्वास्थ्यपनि एकदम कमजोर भएको कारण उनीहरुलाई पनि स्लाईन चढाएर राखिएको छ । बिर अस्पत्ताल, काठमाण्डौ मोडल अस्पत्तला, अल्का अस्पत्ताल र नागरीक अस्पत्तालका स्वास्थ्यकर्मीको टोली अनसन स्थल खुलामञ्चमा पुगी उनीहरुको नियमित स्वास्थ्य परीक्षण गरीरहेको छ ।

सातदिनसम्म विभीन्न राजनैतिक दलका नेताहरुले उनीहरुको अनसनप्रति ऐक्यवद्धता जनाएपनि राज्यको तर्फबाट आधिकारीक व्यक्ति आएर अनसनप्रति कुनै सुनुवाई नगरेको अभियन्ता ज्ञानेन्द्र अधिकारीले बताए ।

आमरण अनसनमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वमन्त्री प्रकाशचन्द्र लोहनी, पूर्व मुख्यसचिव लिलामणी पौडेल, पूर्व प्रधान सेनापति रुक्मांगत कटवाल, अष्ट्रेलियाका लागि प्रस्तावित राजदुत लक्की शेर्पा, नेपाल तरुण दलका अध्यक्ष उदयशमसेर राणा, नेविसंघ अध्यक्ष रञ्जित कर्ण, अनेरास्ववियूकी अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्ल लगायतले अनसनस्थलमै पुगेर ऐक्यवद्धता जनाएका छन् ।

त्यसैगरी राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी, नेपाल बार एसोसिएसनका अध्यक्ष शेर बहादुर केसी, पूर्व महान्यायधिवक्ता मुक्ति प्रधान, नयाँ शक्तिका देवेन्द्र पौडेल, एनेकपा माओवादीका नारायण दाहाल, खिमलाल देवकोटा, रेणु दाहाल, हिमालयन शेर्पा कल्चरका अध्यक्ष लाक्पा शेर्पा, ब्राम्हण समाज संघ नेपालका महासचिव महेन्द्र प्रकास सिवाकोटी लगायतले ऐक्यबद्धता जनाएका थिए ।

मदन पुरस्कार विजेता साहित्यकार अमर न्यौपाने, शेर्पा संघको महासचिव ङावाङ सोनाम शेर्पा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष रामेश्वर यादव, केन्द्रिय सदस्य कोशलेन्द्र शर्मा, संघिय समाजवादी फोरम विद्यार्थीको अध्यक्ष विवेक राई, त्रिभुवन विश्वविद्यालय प्राध्यापक अमर राज जोशी, तारालाल श्रेष्ठ, प्राध्यापकहरु, मानवअधिकारकर्मीहरुले पनि ऐक्यवद्धता जनाएका छन् ।

नेपाल ल क्याम्पस, त्रिचन्द्र क्याम्पस, स्किम कलेज, एडमार्क कलेज, पब्लिक यूथ क्याम्पस, एन आर कलेज, ग्रामिण आदर्श क्याम्पस, लगायतले संस्थागत रुपमा ऐक्यबद्धता जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर