newskoseli.Com

विद्यावारिधि र उत्कृष्टता हासिल गर्नेहरू विभूषित

/fli6«o lzIff lbj; /fi6«klt ljBfb]jL e08f/L, lzIffdGqL wgL/fd kf}8]n / /fHodGqL wgdfof las vgfn #&cf}F /fli6«o lzIff lbj; @)&# tyf cGt/f{li6«o ;fIf/tf lbj;sf cj;/df laxLaf/ /fi6«klt lgjf;df cfof]hgf ul/Psf] sfo{qmddf g]kfn ljBfe”if0f kbs …sÚ af6 lje”liftsf ;fydf . tl:a/ M tl:a/ M k|bLk/fh jGt, /f;;

स्वदेश तथा विदेशबाट हालै विद्यावारिधि गर्नेहरू तथा स्नातकोत्तर एवम् स्नातकमा उत्कृष्टता हासिल गर्नेहरू नेपाल विद्याभूषण पदकबाट विभूषित भएका छन् । ३७औं राष्ट्रिय शिक्षा दिवसका अवसरमा उनीहरूलार्इ राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार विभूषणबाट सुशोभित गरेकी हुन् ।

राष्ट्रपतिभवन शीतलनिवासमा आयोजित विशेष समारोहमा नेपाल विद्याभूषण ‘क’, ‘ख’ र ‘ग’ तथा नेपाल छात्रा विद्यापदकबाट विभिन्न व्यक्ति तथा विद्यार्थीलाई विभूषित गरियो ।

receiving_medal_ramhari

सो अवसरमा स्वदेश तथा विदेशका विश्वविद्यालयबाट विद्यावारिधि गर्ने १ सय ९० लाई ‘क’ श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरियो । यसरी विद्यावारिधि गरेर पदक पाउनेमा नेपाल सरकारका मुख्य सचिव डा। सोमलाल सुवेदी पनि समावेश छन् ।

विभिन्न विश्वविद्यालयबाट स्नातकोत्तर तहमा उत्कृष्ट हुने ८१ जनालाई ‘ख’ श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरियो । स्नातक तहमा उत्कृष्ट हुने १५ जनालाई नेपाल विद्याभूषण पदक र २६ जनालाई नेपाल छात्रा विद्यापदक दिइयो ।

समारोहमा राष्ट्रपति भण्डारीले स्वदेश–विदेशमा प्राप्त सीप र ज्ञानको उपयोग राष्ट्रको विकासमा गर्न उपाधि प्राप्त गर्नेहरुलाई आग्रह गरिन् । उनले शिक्षा प्रणालीमा सामयिक सुधार गर्दै शिक्षालाई सर्वसुलभ र जीवनोपयोगी बनाउन सबैको क्रियाशीलता आवश्यक भएको पनि उल्लेख गरिन् ।

शिक्षामन्त्री धनीराम पौडेलले शिक्षा दिवसको नारा ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ लाई व्यवहारमा उतार्न सरकार लागिपर्ने बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर