newskoseli.Com

उत्कृष्ट शिक्षक तथा कर्मचारी सम्मानित

३७ औँ राष्ट्रिय शिक्षा दिवस तथा ५० औँ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा अछाम जिल्ला शिक्षा कार्यालयले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।

जिल्ला शिक्षा कार्यालय अछामले शिक्षा दिवसको अवसरमा आयोजित एक समारोहमा शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै उनीहरुलाई सम्मान गरेको हो ।

आर्थिक बर्ष २०७२÷०७३ को कार्य सम्पादन मूल्यांकनमा उत्कृष्ट काम गरेको भन्दै सम्मानित हुनेमा श्रीप्रभा धम्कोट उच्च मावि प्रभाका प्राचार्य जोगराज कुँवर र सुर्यचन्द्र उच्च मावि कालिमाटीका प्रधानाध्यापक देवेन्द्र शाह रहेका छन् । शिक्षकद्वय कुवँर र शाहलाई शिक्षा मन्त्रालयले दिएको पदक तथा सम्मान पत्र सहित सम्मा गरिएको थियो ।

सोही अवसरमा जिल्लाका विभिन्न विद्यालयमा काम गरी शिक्षा क्षेत्रमा अतुलनिय योगदान गरेको भन्दै अवकास प्राप्त १० जना शिक्षकलाई पनि सम्मान सहित प्रमाण पत्र प्रदान गरिएको छ । यसरी सम्मानित हुनेमा नयनबहादुर भण्डारी, भिमबहादुर ठकुल्ला, कृष्णराज उपाध्याय, जितबहादुर थापा, केसरबहादुर थापालाई सम्मान गरिएको हो ।

त्यसैगरी पहल सिँह थापा, कुलानन्द शर्मा, राजेन्द्र बहादुर शाह, बालिका सिँह कामी र हर्कबहादुर कुँवरलाई सम्मान गरिएको थियो ।
सोही अवसरमा जिल्लामा रहेका विभिन्न स्रोतहरु केन्द्रहरु मध्ये कार्य सम्पादन मूल्यांकन मापनका आधारमा मंगलसेन स्रोत केन्द्रका स्रोत व्यक्ति योगराज विष्ट र ढाँकु स्रोत केन्द्रका स्रोत व्यक्ति ऋषिकेस ढकाललाई सम्मान पत्र सहित सम्मान गरिएको छ ।

सोही समारोहमा जिल्ला शिक्षा कार्यालय अछाममा कार्यरत विभिन्न कर्मचारीहरु सहायक कम्प्युटर अप्रेटर इन्द्र भाट, कार्यालय सहयोगी दाने भाट, शिक्षाका लागि कार्यक्रमका कार्यालय सहयोगी शैलेन्द्र कुमार सिँह लगायतलाई पनि सम्मान गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर