newskoseli.Com

३ डिनको एकसाथ पदावधि सकियो

  सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका ३ जना डिनको पदावधि एकै साथ सकिएको छ ।

४ वर्षअघि नियुक्त भएका विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायका डिन प्रा. डा. भवानीचन्द ठकुरी, वाणिज्य सङ्कायका डिन प्रा. भारती जोशी र शिक्षा शास्त्र सङ्कायका डिन प्रा. डा. नारद पाण्डेयको पदावधि सकिएको हो ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७, को दफा २६ को प्रावधानअनुसार कार्यकारी परिषद्ले ३ जनै डिनको नियुक्ति गरेको थियो । यही भदौ २१ गतेदेखि ३ वटै सङ्कायका डिनको पदावधि सकिएपछि विश्वविद्यालयमा नयाँ डिन नियुक्तिका लागि विभिन्न प्राध्यापक सङ्घसङ्गठनबीच छलफल र आन्तरिक तयारी सुरु भएको छ ।

नयाँ डिन नियुक्तिका लागि नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) निकटका प्राध्यापक सङ्घसङ्गठन आन्तरिक गृहकार्यमा जुटेका छन् । सम्बन्धित सङ्कायमा सेवारत रहेका प्राध्यापक र सहप्राध्यापक मध्येबाट कार्यकारी परिषद्ले डिन नियुक्त गर्न सक्ने प्रावधान रहेको छ ।

विश्वविद्यालय सभाले इन्जिनियरिङ सङ्कायलाई छुट्टै सङ्कायको मान्यता दिएकाले इन्जिनियरिङ सङ्कायको डिनसमेत विश्वविद्यालयले नियुक्त गर्नुपर्नेछ । मानविकी सङ्कायका डिन प्रा डा. टेकराज पन्तको उमेर हदका कारण पदावधि सकिएपछि गत वर्ष रिक्त स्थानमा प्रा. डा. चन्दन सिंह बोहरालाई नियुक्त गरिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर