newskoseli.Com

एमाले सांसदको सरकारसँग एघारबुँदे माग

नेकपा (एमाले) का सांसदहरूले दुई नं प्रदेश (सप्तरीदेखि पर्सासम्म) को विकासका लागि बजेटको व्यवस्था गर्न माग गरेका छन् ।

सांसदहरूले पत्रकार सम्मेलन गरी त्यस क्षेत्र अन्तर्गत काठमाडौँ तराई मधेस (निजगढ) द्रुतमार्ग, तराई–मधेस हुलाकी मार्ग–प्रदेशको विकासको आधार, पूर्वपश्चिम रेल्वे, औद्योगिक क्षेत्र, तराई पर्यटन–विकासमा नयाँ आयाम लगायत ११ बुँदे विकासको मार्गदर्शनको मागसहित बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

ती सांसदले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ) प्रमुख पूर्वाधार, कृषिको वैज्ञानिकीकरण, व्यवसायिकीकरण र बजारीकरण, तराई–मधेसमा व्यवस्थित वस्ती विकास कार्यक्रम, सुनकोसी कमला तथा सुनकोसी मरिन (वाग्मती) बहुउद्देशीय आयोजना), चुरे संरक्षण–तराईको जीवन र खानेपानी सम्बन्धमा आगामी बजेट २०७३÷०७४ मा व्यवस्था गर्न माग अघि सारेका हुन् ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित १८ सांसदले संयुक्त रुपमा हस्ताक्षर गरेको मागपत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइसकिएको पूर्वमन्त्री तथा सांसद पुरूषोत्तम पौडेलले जानकारी दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर