newskoseli.Com

मधेशका कारण नै प्रधानमन्त्री ओली असफल : राणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति समशेर राणाले मधेशको समस्या समाधान गर्न नसकेर एमाले नेतृत्वको सरकार असफल भएको दाबी गरेका छन् ।

नेता राणाले मधेशका कारण नै प्रधानमन्त्री ओली असफल भएको भन्दै मधेशको समस्या समाधान गर्न नसक्नेहरु असफल भएर जाने बताए । उनले मधेशीहरुले नै प्रधामन्त्री ओलीलाई सरकारबाट फाल्ने योजना  बनाएको बताए ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा राणाले मधेशको समस्या समाधान गर्न सरकार लचिलो नभएको भन्दै बार्तामा ल्याएर समस्या समाधान गर्न सरकार असफल भएको टिप्पणी गरे ।

उनले भने,‘ मैले प्रधानमन्त्रीलाई भनेको थिए, मधेशमा दुई प्रदेश हुने घोषणा गरेर उनीहरुलाई बार्तामा ल्याउन सकिन्छ । तर सरकारले वास्ता गरेन ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर