newskoseli.Com

बस र ट्रक एक अापसमा ठोकिँदा ट्रक चालक सहित १२ घाइते

पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–३ पिप्लेमा शनिबार बिहान बस र ट्रक एकअापसमा ठोकिँदा ट्रक चालक सहित १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट कलैयातर्फ जाँदै गरेको ना५ख ३७४३ नंको बस र नारायणगढतर्फ आउँदै गरेको ना६ख ६७९३ नंको ट्रक एकापसमा ठोकिँदा ठाेक्किएकाे थियाे ।

ट्रकको अगाडिका दुवै टायर ‘पङ्क्चर’ भएपछि बसमा ठोकिन पुगेको थियो । प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार ट्रकको पछाडिबाट आउँदै गरेको ना४ख ८३४३ नंको अर्काे ट्रक समेत अघिल्लो ट्रकमा ठोकिएको छ । दुर्घटनामा दुवै ट्रक र बसमा सवार चालक र यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेलाई भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको छ । उपरीक्षक कुँवरले ट्रकमा च्यापिएका चालकको उद्धार जारी रहेको बताए । जिल्लामा दैनिकजसो सवारी दुर्घटना हुँदै आएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर