newskoseli.Com

के सल्लाह भयो दाहाल–नेपाल भेटघाटमा ?

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भएर छलफल भएको छ ।

सिंहदरबारस्थित संसद् सचिवालयमा भएको भेटवार्तामा दुर्इ नेताबीच नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच देखिएको तिक्ततालाई कम गर्दै प्रतिस्पर्धा र सहकार्यको बाटोमा अघि बढ्ने विषयमा छलफल भयो ।

प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री नेपालबीच भएको करिव एक घन्टाको कुराकानीमा प्रधानमन्त्रीको भारत भ्रमण र बजेटमार्फत नेकपा (एमाले) नेतृत्वको सरकारले घोषणा गरेका कार्यक्रम र आयोजनालाई निरन्तरता दिने विषयमा छलफल भएको नेता नेपालका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिएका छन् ।

उनीहरुबीच संविधान कार्यान्वयन र २०७४ माघभित्र सम्पन्न गर्नुपर्ने तीन वटा निर्वाचनको कार्यभार संविधानअनुसार नै समयमै सक्न के–कसरी अगाडि बढ्ने भन्ने बारेमा समेत विस्तृत छलफल भएको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर