newskoseli.Com

खेतीयोग्य जमिन मासेर प्लटिङ गर्न रोक

 गोरखाको पालुङटार नगरपालिकाभित्रका खेतीयोग्य जमिन मासेर घडेरी बिक्री गर्न प्लटिङ गरिएपछि पालुङटार नगरपालिकाले जग्गा प्लटिङमा रोक लगाएको छ ।

एकै वर्षमा ३ खेती हुँदै आएका समथर फाँट मासेर प्लटिङ गर्दै घडेरी बिक्री गर्ने क्रम बढेको भन्दै नगरपालिकाले खेतीयोग्य जमिन प्लटिङ गर्न नदिने बताएको हो ।

तत्कालीन नेकपा (माओवादी) सातौँ विस्तारित बैठक र पालुङटारसहित आपपिपल, च्याङ्ली, गाईखुर गाविस गाभेर नगरपालिका घोषणा गरेपछि खेतीयोग्य जमिन मासेर अव्यवस्थित रुपमा प्लटिङ गर्न थालेकाले प्लटिङमा रोक लगाइएको कार्यकारी अधिकृत राकेश गुरुङले जानकारी दिए ।

‘‘खेतीयोग्य जमिन प्लटिङ गरी घर, घडेरी बिक्री गर्ने होइन । त्यस्ता जमिनमा कृषिजन्य बालीे उत्पादन वृद्धि गर्नुपर्छ’’ उनले भने,– ‘‘जथाभावी जग्गा प्लटिङ गर्न दिदैनाैँ । ’’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर