newskoseli.Com

ताप्लेजुङ सडकखण्ड पुनः अवरुद्ध

अविरल वर्षासँगै गएराति झरेको पहिरोका कारण मेची राजमार्गअन्तर्गत पाँचथर ताप्लेजुङ सडकखण्ड पुनः अवरुद्ध बनेको छ । गत भदौ १७ गते गएको पहिरोले सडक अवरुद्ध भए पछि स्काइभेटर मेसिनको सहायताले ७ दिन पछि नयाँ ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइए पनि पुनः त्यही ठाउँमा झरेको पहिरोले सडक अवरुद्ध भएको हो । पहिले गएको क्षेत्रबाट नै पुनः पहिरो झरेको बताइएको छ । पहिरो पाँचथर ताप्लेजुङ सडकखण्डको ल्याङ्वा, बहानन्दे क्षेत्रमा झरेको हो ।पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो क्षेत्रको गोरेटो बाटो समेत बन्द भएको स्थानीय रुपनारायण भट्टराईले जानकारी दिएका छन् ।

पहिरोले सडक अवरुद्ध बने पछि पाँचथर, इलाम, झापालगायतका ठाउँमा जाने र जिल्लामा भित्र्ने दर्जनौँ सवारीका साधन बीच बाटोमै रोकिए पछि सयौँ यात्रु अलपत्र परेका छन् भने सवारीसाधनलाई सुरक्षित स्थानमा राखिएको छ । गएराति देखिनै परेको वर्षा अझै जारी रहेकाले र पहिरो समेत झरिरहेकाले तत्काल पहिरो पन्छाउन सकिने अवस्था नरहेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ । यदि वर्षा रोकिएमा छोटो समयमा नै बाटो खुलाउन सकिने र वरपरका केही क्षेत्रमा भने अहिले पनि पन्छाउने कार्य जारी रहेको कार्यालयका फिल्ड सुपरभाइजर नवीन उप्रेतीले जानकारी दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर