newskoseli.Com

बढी भाडा लिने सवारीको भाडा फिर्ता गराइयो

स्थानीय प्रशासनले बढी भाडा लिइ नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेका ३५ वटा माइक्रोबसबाट प्रत्येक यात्रु १०० फिर्ता दिलाएर साेमबार गन्तव्यतर्फ पठाएको छ ।भरतपुरको आँपटारीमा साेमबार बिहानैबाट जाँच गर्दा काठमाडौँका लागि प्रतिव्यक्ति सामान्य सवारी साधनमा  २७९ र डिलक्समा २० प्रतिशत थप गरी लिन पाउनेमा ती माइक्रोबसले प्रतिव्यक्ति  ४५० असुल गरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार नारायणगढबाट काठमाडौँ १४६ किलोमिटर पर्दछ । सो सडकका लागि यातायात मन्त्रालयले प्रतिव्यक्ति प्रतिकिमी १ रुपैयाँ ९० पैसा भाडादर तोकेको छ । डिलक्सले २० प्रतिशत थप गर्दासमेत ३३४ रुपैयाँ ८० पैसा लिन पाउँछ । तर माइक्रोबस र पर्यटक बसले यात्रुबाट  ४५० देखि ६०० सम्म भाडा असुल गर्दै आएका छन् ।साेमबार नियन्त्रणमा लिएका माइक्रोबसलाई प्रतिव्यक्ति  १०० फिर्ता गरी सबैलाई टिकट दिएर चलानीसहित गन्तव्यतर्फ पठाइएको उनले बताए ।

चितवनबाट काठमाडौँ, पोखरालगायतका स्थानमा जाने सवारी साधनमा कडाइका साथ आँपटारीमा भाडादर जाँच गरिएको छ । अटेर गरेर बढी भाडा लिनेलाई नियन्त्रणमा लिएर मुद्दासमेत चलाउने प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए । जिल्लाका स्थानीय मार्गमा सरकारले तोकेभन्दा दोब्बरसम्म भाडा असुल गर्दै आएको पाइएकाले स्थानीय प्रशासनले तोकेको मार्गमा नचलाउने, बढी भाडा लिन प्रश्रय गर्ने ११ यातायात व्यवसायीलाई १ रात हिरासतमा राखेर आइतबार छाडेको थियो । सरकारले तोकेको दरबमोजिम भाडा लिने सहमतिमा व्यवसायी छुटे पनि सो भाडादरमा घाटा हुने भन्दै साेमबार पनि जिल्लामा स्थानीय मार्गमा म्याजिकबाहेकका सवारी साधन चलेका छैनन् ।

नेपाल यातायात व्यवसायी महासङ्घका उपाध्यक्ष रामप्रसाद सुवेदीले सरकारले तोकेको भाडादरमा सवारी साधन सञ्चालन गर्दा नोक्सान हुने भन्दै व्यवसायी नमानेपछि गाडी सञ्चालन गर्न नसकिएको बताए । प्रजिअ सिंहले सरकारी नियमभन्दा माथि रहेर काम गर्ने अधिकार कसैलाई नभएकाले तोकेअनुरुप काम नगरे कारबाही गरिने बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर