newskoseli.Com

यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमणबारे अाफ्नै पार्टीको सुझाव

नेकपा (माओवादी केन्द्र) का नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा देश र जनताको हित हुनेगरी मात्रै भारतसँग सहमति कायम गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रधानमन्त्री दाहालको निजी निवास लाजिम्पाटमा बुधबार बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यलयको बैठकमा पार्टी अध्यक्ष समेत रहेका दाहालले आफ्नो भारत भ्रमणको कार्यतालिका र कार्यसूचीका विषयमा जानकारी गराएकाे पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

बैठकमा पार्टीका नेताले प्रधानमन्त्रीलाई भारत भ्रमणको सफलताका लागि शुभकामना दिँदै २  देशबीचको सम्बन्ध सुदृढ गर्न र नेपालको राष्ट्रिय हित हुनेगरी कार्यसूची तय गर्न सुझाव दिएको प्रवक्ता भुसालले बताइन् ।

उनले भनिन्– “प्रधानमन्त्रीले यो भ्रमण मुख्यतः सद्भाव भ्रमण भएको जानकारी दिँदै विगतमा नेपाल र भारतबीच भएका सहमति–समझदारी कार्यान्वयन गर्नेमा आफू केन्द्रित हुने जानकारी गराउनुभयाे ।”

भ्रमणमा भूकम्पपछिको पुनर्निर्माणका लागि भारतीय सहयोग, हुलाकी राजमार्ग निर्माण, विद्युत् व्यापार सम्झौताको कार्यान्वयनलगायत विषयलाई आफूले प्राथमिकतामा राखेको प्रधानमन्त्रीले बैठकमा जानकारी गराएकाे प्रवक्ता भुसालले बताइन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर