newskoseli.Com

लोडसेडिङका कारण अधिकांश उद्योग समस्यामा

दैनिक ९ घण्टासम्मको लामो लोडसेडिङका कारण बाँकेका अधिकांश उद्योग समस्यामा परेका छन् ।

उद्योग सञ्चालन गर्ने समयमै विद्युत् आपूर्ति बन्द गरिँदा अधिकांश उद्योग समस्यामा परेको उद्योगी व्यवसायीको गुनासो छ ।

लामो समयको अघोषित नाकाबन्दीबाट आजित जिल्लाका उद्योगहरू हाल आएर विद्युत् अनियमितता र कम भोल्टेजको समस्याले झन संकटमा परेका छन् ।

विद्युत् प्राधिकरणका नेपालगञ्ज वितरण प्रमुख उमेश झाले भारततर्फ मर्मतको काम भइरहेकाले आज पनि दिनभरी विद्युत आपूर्ति ठप्प रहने वताए ।

नेपालबाट थप विद्युत् नपाएसम्म लोडसेडिङ घटाउन नसकिने झाको भनाई छ । नेपालगञ्जमा अहिले २० मेगावाट विजुली आवश्यक पर्नेमा भारत नानपारा सवस्टेशनबाट आइरहेको १० मेगावाटले मात्रै समस्या समाधान नहुने झाले बताए ।

बढी विद्युत कटौती गर्न थालेपछि विद्युत्बाट सञ्चालन हुने यहाँका सम्पूर्ण व्यापार व्यवसाय, उद्योग, सञ्चारमाध्यम प्रभावित भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर