newskoseli.Com

विद्यालयलाई सहयोग

 पुडासैनी मैत्री समाजले कागेश्वरी मनहरा नगरपालिकास्थित बाल राष्ट्रिय निम्नमाविमा अध्ययनरत १ सय ९१ विद्यार्थीलाई सहयोग गरेको छ ।

उनीहरुलाई किताब बोक्ने झोला, स्वेटर, जुत्ता र मोजा वितरण गरिनाका साथै विद्यालय भवनको बाहिरी र भित्री भागमा रङरोङ्गन समेत गरी एक माइक उपलब्ध गराइयो । करिब ५५ वर्ष अगाडि त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलको क्षेत्रभित्र स्थापित सो विद्यालय अहिले विमानस्थलको पूर्वी सिमानामा छ ।

स्थानीय बासिन्दाले दुःखले सिर्जना गरेको विद्यालयको पूर्वाधार तथा संरचनाको आवश्यक विकास हुन सकेको छैन । अधिकांश किसान, मजदुरलगायत विपन्न वर्गका केटाकेटी अध्ययन गर्दै आइरहेका छन् । सो अवसरमा पूर्व मुख्यसचिव लीलामणि पौडेलले आफ्नो प्रारम्भिक शिक्षा काठको सिलोटमा ढुङ्गाले लेखेर प्रारम्भ भएको स्मरण गर्दै विद्यार्थीलाई थोरै पनि हीनताबोध नराखी पढाइमा दत्तचित्त भएर लाग्न आग्रह गरे ।

पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले त्यहाँका विद्यालयको संरचनामा समस्या तथा विद्यार्थीले दुःख पाइरहेकाले विभिन्न स्रोत जुटाएर सहयोग उपलब्ध गराइएको जानकारी दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर