newskoseli.Com

प्राथमिक उपचार नमुना कार्यक्रम

नवलपरासीको विकट पहाडी क्षेत्रका सर्वसाधारण जनतालाई स्वास्थ्यको सहज पहुँच पुयाउने उद्देश्यले जिल्लामा पहिलो पटक स्वास्थ्य उपचार घरदैलो सेवा सुरु गर्न लागिएको छ । जिल्लामा पहिलो पटक जिल्लाको गैँडाकोटमा अवस्थित सहज सामुदायिक अस्पतालले नयाँ सेवाका रुपमा प्राथमिक स्वास्थ्य उपचार घरदैलो सेवा सुरु गर्न लागेको हो । सो अभियानको उद्देश्य विशेष गरी पहाडी क्षेत्रका जनतालाई लक्षित गरी अस्पतालले पोषणसम्बन्धी जानकारी दिन तथा स्वास्थ्य सेवा र सरसफाइबारे स्थानीयलाई सचेत गराउने रहने छ ।

विकट पहाडी गाविस कोटथर, डाँडाझेरी, रतनपुरलगायत नवलपरासी र चितवन आसपासका पहाडी क्षेत्रका सर्वसाधारणलाई लक्षित गरी ३  वर्षे विशेष योजना ल्याउने तयारी गरिएको सहज सामुदायिक अस्पतालका अध्यक्ष करुणासागर सुवेदीले बताए । गैँडाकोटको सहज सामुदायिक अस्पतालले सुरु गर्न लागेको प्राथमिक स्वास्थ्य उपचार घरदैलो सेवा जिल्लामै नमुना कार्यक्रम हो । अस्पतालको सेवा क्षेत्र गैँडाकोट नगरपालिकासहित नवलपरासी र चितवनको विकट पहाडी क्षेत्र रहने छ ।

अभियानका लागि बङ्गलादेशबाट १  जना चिकित्सक र १ जना पोषण विज्ञसहितको १  टोली १ साताअघि अस्पतालमा आएका छन् ।
विदेशी चिकित्सक तथा पोषणविद्ले अस्पतालसँग मिलेर स्वास्थ्य स्वयम्सेविकालाई तालिम दिनेछन् । यस्तै तालिम प्राप्त स्वयम्सेविकालाई प्राथमिक स्वास्थ्य उपचार सेवा दिनका लागि घरघरमा पठाइ सरसफाइ तथा स्वास्थ्य जानकारी तथा पोषणसम्बन्धी चेतना पुयाउन बङ्गलादेशी चिकित्सकले भूमिका खेल्ने बताइएको छ ।

बृहत् शैक्षिक तथा धार्मिक महोत्सव सञ्चालन हुने नवलपरासीको बर्दघाटमा रहेको दिव्यज्योति बहुमुखी क्याम्पसलाई मुलुककै नमुना क्याम्पस एवम् मानव विश्वविद्यालयका रुपमा विकसित गर्ने उद्देश्यले बृहत् शैक्षिक तथा धार्मिक महोत्सव सञ्चालन हुने भएको छ । आगामी फागुन २५ गतेदेखि चैत २ गतेसम्म सप्ताहव्यापी ‘नवलपरासी बर्दघाट चिसापानी शैक्षिक तथा धार्मिक महोत्सव २०७३’ सञ्चालन हुने बताइएको हो । क्याम्पसलाई उत्कृष्ट बनाई यस क्षेत्रकै शैक्षिक गुणस्तर युक्त अग्रणी क्याम्पसको रुपमा विकसित गर्ने उद्देश्यले शौक्षिक तथा धार्मिक महोत्सवको आयोजना गरिएको क्याम्पस प्रमुख कृष्णबन्धु पौडेलले बताए।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर