newskoseli.Com

ट्रकले ठक्कर दिदा दुई जनाको मृत्यु

सिरहा–चोहर्बा सडकखण्डअन्तर्गत सिरहाको लक्ष्मीपुर–७ मा आज बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना५ख २७७ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको स६प ७७६४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सिरहाको गुलरिया–९ निवासी १८ वर्षीय नरेश ठाकुर र सोही ठाउँका २१ वर्षीय रामशङ्कर ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते दुवैको उपचारका लागि जिल्ला अस्पताल सिरहा लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालक सिरहा विष्णुपुर–६ निवासी सत्यनारायण महतोलाई जिप्रका सिरहाको नियन्त्रणमा राखिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर