newskoseli.Com

एमाअाेवादीले रातारात कुरा फेर्याे

सत्तारूढ दल एकिकृत माअाेवादीले अाेली नेतृत्वकाे सरकारलार्इ नै निरन्तरताका दिने बताएकाे छ । हिजाे राति एकिकृत माअाेवादीकाे केन्द्रिय समितिकाे बैठकबाट सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिने र अध्यक्ष पुष्पकमल दाहालकाे नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेकाे थियाे ।

सरकारमा सामेल ठूलाे दलबाट नै यस्ताे निर्णय गरेपछि प्रधानमन्त्रि अाेलीले एमअाेवादी अध्यक्षसँग सरकारकाे नीति तथा कार्यक्रम ल्याउने दिनसम्म सरकारलार्इ समर्थन गर्न अनुराेध गरेपछि एमाअाेवादीकाे यस्ताे निर्णय अाएकाे हाे । तर एकरात मै एमाअाेवादी कसरी यस्ताे निर्णयमा पुग्याे याे भने रहस्यकाे विषय भएकाे छ ।

दुई दलबीच तत्कालै सरकार परिवर्तन नगर्ने सहमति बनेको स्रोतले दावी गरेको छ । आफूलाई सहमतीय प्रधानमन्त्रीका रूपमा अघि सारेका एकीकृत माओवादी अध्यक्ष प्रचण्ड अचानक पछि हट्नुमा कुन चामत्कारिक शक्तिको खेल छ भन्ने बारे स्वयम् एकीकृत माओवादीभित्रै खैलाबैला मच्चिएको छ ।

जेठ १५ सम्म वर्तमान सरकार टिक्न दिएमा प्रचण्ड नेतृत्वको सरकार गठन गर्न एमालेले सहयोग गर्ने सहमतिसमेत भएको स्रोतको दावी छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर