newskoseli.Com

माओवादी विद्यार्थीद्वरा बिष्फोटमा संलग्नता अस्वीकार

सोमबार राति तथा मंगलबार बिहानदेखि दिनभर राजधानीमा हंगामा मच्चाउने गरी भएको दर्जनौं शिक्षण संस्थाहरुमा बिष्फोट तथा विष्फोटक सामग्री राखिएका घटनामा आफ्नो कुनै संलग्नता नरहेको माओवादी विद्यार्थी संगठनले प्रष्ट्याएको छ ।

विद्यालय तथा कलेजहरुमा बिष्फोट भएको तथा बिष्फोटक पदार्थ भेटिएको हल्ला चल्नासाथ धेरैको आशंका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) प्रति सोझिएको र सोहीअनुरुप प्रचारप्रसार समेत हुन थालेकोप्रति आपत्ति जनाउँदै सो पार्टीसम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्यसखाले प्रचारवाजीको खण्डन गरेको हो ।

akhil_statement‘आज उपत्यकाका विभिन्न स्कुल–कलेजमा विद्यार्थीलाई आतंकित पार्नेगरी बम बिष्फोट गराउनुका साथै बम राखिएको घटनालाई जोडेर हाम्रो संगठनलाई आशंका गरिएको कुराप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको छ’, चन्द नेतृत्वको माओवादी आबद्ध अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिंहले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै भनेका छन्– ‘यस्ता अवाञ्छित र विद्यार्थी आन्दोलनको बदनाम गर्नेगरी गरिएको कार्य र गतिविधि गर्ने हाम्रो संगठनको कुनै नीति, योजना र कार्यक्रम नभएको कुरा यसै विज्ञप्तिमार्फत आम जनसमुदाय र विद्यार्थीलाई स्पष्ट जानकारी गराउन चाहन्छौं ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर