newskoseli.Com

‘व्यापारी कलेज’ विरूद्ध क्रान्तिकारी अान्दाेलित

नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपा माओवादी निकट अनेरास्ववियु (क्रन्तिकारी) ले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कलेजहरुमा शैक्षिक गतिविधि अनियमित भएको भन्दै नियन्त्रण गर्न माग गरेको छ ।

बिहीबार त्रिवि उपकूलपति प्राध्यापक डा. तिर्थ खनियालाई छ बुँदे उजुरीपत्र बुझाउँदै क्रान्तिकारीले त्रिविका आंगिक कलेजहरुमा व्यापार सञ्चालन गर्नेहरुलाई कारबाही गर्न माग गरेको हो ।

देशभरका सर्वसाधारण नागरिकका छाेराछाेरीलार्इ उच्च शिक्षाकाे अवसरबाट वञ्चित नगराउने दायित्व बाेकेकाे त्रिभुवन विश्वविद्यालयलाई शैक्षिक क्षेत्रका केही विचाैलियारूले धमिराले झैँ भित्रभित्रै धरासायी बनाउँदै लगेको आरोप क्रान्तिकारीले लगाएको छ ।

त्रिविको लोगो दुरुपयोग गर्दै आंगिक कलेजहरुका प्राध्यापकदेखि पदाधिकारीसम्म निजी कलेजहरूकाे प्रवर्द्धनमा व्यस्त रहेकाले लाखौं विद्यार्थीको भविष्य अन्याेलमा परेको ज्ञापनपत्रमा उल्लेख छ ।

क्रान्तिकारीले एक व्यक्ति–एक पद–एक सिफ्टको नीति अनिवार्य लागू गरिनुपर्ने, स्ववियु निर्वाचनको मिति अविलम्ब घोषणा गरिनुपर्ने, त्रिविका आंगिक कलेजहरुको आर्थिक अनियमितता छानविन गरी कारबाही गरिनुपर्ने, हचुवाको भरमा कलेजहरुलाई सम्बन्धन दिन बन्द गरिनुपर्ने, सैक्षिक क्यालेन्डर लागू गरिनुपर्ने तथा अखिल (क्रान्तिकारी) र त्रिविबीच विगतमा भएका सहमति कार्यान्वयन गरिनुपर्ने लगायतका माग अघि सारेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर